विद्यालय हिँडेका शिक्षक ११ दिनदेखि बेपत्ता

हरियो पाटी

हरियो पाटी

515
SHARES
706
VIEWS

भाद्र १६ काठमाण्डौ –  विद्यालय जान हिँडेका बैतडीका एक शिक्षक ११ दिनदेखि बेपत्ता छन् ।

जिल्लाको डिलाशैनी गाउँपालिका–२ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहरा भदौ ५ गतेदेखि बेपत्ता भएका हुन् ।

स्थानीय लटीनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौ ५ गतेदेखि बेपत्ता रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो ।

भदौ ५ गते विद्यालय हिँडेका बोहरा घर नफर्केका र लगाएको चप्पल स्थानीय गन्नीगाडमा नजिकै फेला परेको छ ।

‘बेपत्ता शिक्षकको अवस्था अज्ञात छ, खोजीका लागि प्रहरी परिचालन भएको छ, पत्ता लाग्न सकेको छैन,’ प्रहरी निरीक्षक केसीले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित