कर्मचारी कुट्नेलाई तत्काल पक्राउ गरी कार्वाही नगरे कार्यालय ठप्प पार्ने चेतावनी

Picture of हरियो पाटी

हरियो पाटी

529
SHARES
724
VIEWS

सिरहा, ८ भदौ। गोलबजार नगरपालिकाका कर्मचारीलाई कुटपीट गर्ने युवकलाई २४ घण्टाभित्र पक्राउ गरी कार्वाही नगरे नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प पार्ने चेतावनी दिएका छन्।

स्वास्थ्य साखाका कार्यरत कर्मचारी पवन कुमार पंजियारलाई कुटपीट गर्ने गोलबजार नपा ६ का करिव ३२ वर्षिय रिकेश कुमार सिंहलाई तत्काल पक्राउ गरी कार्वाही नगरे कामकाज ठप्पगर्ने कर्मचारीहरुले चेतावनी दिएका हुन्।

कार्यालयकाे कामकाज सकेर बुधबार बेलुका गाडी पखाल्न ग्यारेजमा बसिरहेका अवस्थामा एक्कासी आएर पञ्जियारलाइ हेल्मेटले टाउँमा प्रहार गरेर घाइते बनाएको कर्मचारी संघर्ष समितिले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ।

यस अघि नगरपालिकाले खोला ठेक्का सम्वन्धि विषयमा कार्यालयमै आएर विवाद गरेका सिंहले त्यहि विषयलाई लिएर एक्कासी आफूमाथि साङ्घातीक हमला गरेको पंजियारले जानकारी दिए।

कर्मचारीलाई विना कारण कार्यालयको विषयलाई लिएर बाहिर हिडडुल गर्दा भएको कुटपीटको विरोध गर्दै कुटपीटमा संलग्न सिंहलाई तत्काल पक्राउ गरी हदैसम्मको कार्वाही गर्न विज्ञप्ती मार्फत माँग गरेको छ।

कर्मचारीद्वारा जारी विज्ञप्तीमा तत्का कार्वाही नगरे कार्यालायका सम्पूर्ण कामकाज ठप्पगरी थप संघर्षका कार्यक्रम घोषणा गर्ने उल्लेख गरिएको छ।

GBR

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित