सशस्त्र प्रहरीका ८४ जना इन्स्पेक्टरहरु डीएसपीमा बढुवा सिफारिस

हरियो पाटी

हरियो पाटी

512
SHARES
701
VIEWS

काठमाडौँ । सशस्त्र प्रहरी बलका ८४ जना इन्स्पेक्टरलाई नायब उपरीक्षक (डीएसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार बढुवा समितिले उनीहरूलाई बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा बावुराम थापा छन् । डिएसपीमा बढुवा सिफारिस भएका अधिकृतहरु २०६४ सालमा सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएका थिए । सेवा प्रवेश गरेको १७ औं वर्षमा उनीहरू बढुवा सिफारिस भएका हुन् । बढुवा सूचि अनुसार २०६७ मा भर्ना भएका इन्स्पेक्टरहरु पनि बढुवा सिफारिस भएका छन् ।

पछिल्लो बढुवा सिफारिसले १७ वर्षदेखि जाम भएको बढुवा सुचारु भएको सशस्त्र प्रहरीका अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित