उड्न लागेको एयर इन्डियाको जहाजमा समस्या,

हरियो पाटी

हरियो पाटी

521
SHARES
714
VIEWS

काठमाडौं : नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा प्राविधिक समस्या आएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे पुगेर उड्न लागेको विमानमा प्राविधिक समस्या देखिएको विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयले जनाएको छ।

विमानस्थलका प्रवक्ता सुवास झाले विमानको ब्रेकमा समस्या देखिएको बताए। अन्नपूर्णपोस्टसँग उनले भने, ‘रनवेमा रहेको विमानलाई ट्याक्टरले तानेर पार्किङ एरिया ल्याइएको छ।’

एयर इन्डियाको जहाज रनवेमै समस्या आएपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ। विमानहरू आकाशमै ‘होल्ड’ भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित