धनुषामा घुसकाे रकम सहित इन्जिनियर पक्राउ

हरियो पाटी

हरियो पाटी

553
SHARES
757
VIEWS

साउन २८-सिरहाअख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास स्थित कार्यालयबाट खटेको अनुसन्धान अधिकृतको धनुषाको शहिदनगर नगरपालिकाका इन्जिनियर सहित दुई जनालाई घुसको रकम सहित आज पक्राउ गरेको छ ।

अख्तियारको टोलीले विशेष सूचनाको आधारमा उक्त पालिकाका इन्जिनियर रमेश कुमार चौधरी र सहयोगी गरुदेव यादवलाई पक्राउ गरेको अख्तियारका बर्दिबासका कार्यालय प्रमुख रामबहादुर कुरुवाङ्गले जानकारी दिनु भएको छ ।

गोठकोयलपुरका विद्यालयको पर्खाल निर्माण बापत ठेकेदारसँग पटक पटक रकम माग गर्दै आएकोमा इन्जिनियर चौधरीले १ लाख नगद र सोही बराबरको चेक लिएको अवस्थामा अख्तियारका टोलीले पक्राउ गर्नमा सफल भएको अख्तियारको बर्दिबास कार्यालयले जानकारी दिएको छ ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि टोलीले आफ्नो साथमा लगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1