सिरहा,साउन २५ गते । सिरहा गाेलबजार नगरपालिकाले जग्गाको वर्गीकरणको सम्पूर्ण विवरण नापी र मालपोत कार्यालयलाई हस्तान्तरण गरिएपछि गाेलबजार नगरपालिका क्षेत्रभरिका जग्गाको किताकाट र किनबेच गर्ने बाटो खुलेको छ ।
आज पत्रकार सम्मेलन गरी जग्गाको वर्गीकरण बुझाउँदै गाेलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठले अब किताकाट खुल्दा जग्गा किनबेच गरी आफ्नो व्यवहार चलाउन नगरवासीलाई सजिलो हुने उल्लेख गर्नुभयो ।
१३ वटा वडा रहेको नगरपालिकाले नगर क्षेत्रका भूमिलाई आवासीय, व्यवसायिक, कृषि, नदीनाला, सांस्कृतिक तथा पुरातात्विक क्षेत्र लगायत गरी १० क्षेत्रमा जग्गाको वर्गीकरण गरी सम्बन्धित निकायलाई बुझाएको छ ।
गएको जेष्ठ २७ गते भू–उपयोग ऐन २०७६ र भू–उपयोग नियामवली २०७९ले व्यवस्था गरे अनुसार नेपाल सरकारको मन्त्रीपरिषदले निर्णय गरी नगरक्षेत्र भित्रको भूमिको भू–उपयोग वर्गीकरण गर्नका लागि पत्राचार गरिएपछि किताकाट रोकिएको थियो ।
लामो समयदेखि जग्गा वर्गीकरण नहुँदा जग्गाको किनबेच रोकिदा स्थानीयवासीलाई विहे, मृत्यु, छोराछोरीलाई शिक्षा लगायतका समस्याहरु भइरहेको थियो ।
Discussion about this post