नेपाल-भारत सीमामा खटिएका एसएसबीका इन्पेक्टर र जवान निलम्बित

हरियो पाटी

हरियो पाटी

520
SHARES
712
VIEWS

साउन २१- सिरहा भारत-नेपाल सीमा सुरक्षा बल (एसएसबी)ले दुई जवानलाई निलम्बन गरेको छ। पाकिस्तानी नागरिक सीमा हैदर मार्फत देशमा प्रवेश गरी दिल्ली नजिकैको ग्रेटर नोएडा पुगेको यात्रु बसको जाँचमा कर्तव्यमा लापरवाही गरेको आरोपमा एक इन्स्पेक्टर र एक जवानलाई निलम्बन गरेको हो।

सशस्त्र सीमा बल एसएसबीको ४३ औं बटालियनका इन्स्पेक्टर सुजितकुमार वर्मा र प्रहरी हवल्दार चन्द्र कमल कलिताले गत वैशाख ३ गते उत्तर प्रदेशको सीमावर्ती जिल्ला सिद्धार्थनगरमा यात्रुवाहक सवारी साधनको चेकजाँचको जिम्मा लिएका थिए।

पाकिस्तानी महिला सीमा हैदर पाकिस्तानबाट नेपाल हुँदै उनी चार छोराछोरीसहित भारत प्रवेश गरेकी थिइन्। पब्जीबाट भारतीय युवासँग चिनजान भएर प्रेममा परेकी उनी नेपालमा एक हप्ता  बसेर भारत प्रवेश गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित