सिरहा आफू सुचना अभियन्ता हुँ’ भनि विभिन्न सरकारी निकायमा सूचना माग्ने र रकम असुल्दै आएका सारश्वरनाथ माविका शिक्षक पर्शुराम साह सिरहामा पछिलाे समय आतंक मचाएका छन ।
सिरहामा सूचना अभियन्ताको नाममा सूचना भजाउने मास्टर’ भन्ने शिर्षकको समाचारको विषयलाई लिएर शिक्षक साहले सञ्चारकर्मीलाई समाचार हटाउन धम्की दिएका थिए । उनले समाचार नहटाए मुद्दा मामिलामा फसाईदिने भनी सामाजिक सञ्जालमा समेत लेखेका थिए । उक्त घटनाप्रति नेपाल पत्रकार महासंघ सिरहाले ध्यानाकर्षण समेत गराएको थियो ।
प्रकाशित प्रसारित समाचार उपर चित्त नबुझे शिक्षक जस्तो व्यक्तिले वैधानिक बाटो अवलम्वन गर्नुको साटो फोनबाट धम्की दिनु मुद्दा लगाई दिने भनी त्रसित पार्नु, सञ्जालमा कपोकल्पित स्टाटस लेखेर सञ्चारकर्मीलाई निरुत्साहित, पार्नु प्रकाशित समाचार हटाउन लगाउने प्रेस स्वतन्त्रताको ढाडो हस्तक्षेप भएको महासंघले ठहर गरेको थियो । महासंघको विज्ञप्तिपछि शिक्षक साहले महासंघका अध्यक्ष मनोज बनैतासँग टेलिफोनमार्फत माफी मागेका हुन् ।
शिक्षक साहले फेसबुक स्टेटस समेत लेखेर पत्रकारहरुसँग माफी मागेका छन् । यसअघि उनले विभिन्न सरकारी निकायमा आफूलाई समाजिक अभियन्ता बताउँदै सूचना माग गरी नगद तथा पेट्रोल असुन्दै धाकधम्की समेत देखाउँदै आएका थिए ।
सार्वजनिक पद धारण गरेका साह शिक्षक भएर पनि सूचना अभियन्ताको नाममा विभिन्न क्षेत्रको व्यक्ति तथा सञ्चार क्षेत्रलाई समेत धम्क्याई, बार्गेनिङ्ग गरेको गुनासो पटक–पटक आएको महासंघले जनाएको छ । तर शिक्षक साह आफू कुनै कतैबाट रकम असुली नगरेको बताएका छन ।
Discussion about this post