सिरहामा एमालेको संगठित सद्स्यमा वृद्धि

हरियो पाटी

हरियो पाटी

553
SHARES
757
VIEWS

सिरहा, ८ श्रावण। सिरहाको गोलबजार नगरपालिकामा एमालेको संगठित सदस्य संख्या ५३ प्रतिशतले घट्यो भनी गरिएको समाचार  सम्प्रेषण प्रती एमाले पार्टीको ध्यानाकर्षण भएको छ ।
नेकपा एमाले द्वारा निर्वाचित जनप्रतिनिधीहरुको शाख गिराउने गरि झुठा कपोकल्पिक दिग भर्मित गर्ने गरि समाचारहरु लेखिएको प्रती प्रेस विज्ञप्ती जारी गरिएको हो ।
समाचार  के अधारमा समाचार लेखिएको हो ?  पार्टीका कुन सद्स्य सङ प्रतिकृया लिएर समाचार लेखिएको हो ? भन्दै नेकपा एमाले पार्टीका जिल्ला अध्यक्ष चन्देश्वर मंडलले पत्रकार माथी आक्रोश पोखेका छ्न ।
भ्रामक समाचार प्रती कुनै सत्यता नरहेको जिल्ला अध्यक्ष मंडलले जनाएको छ । उनले भने, गोलबजार नगरमा ८४६ जम्मा पार्टी सद्स्य रहेकोमा हाल २०८० अषाढ सम्मा १५११ पार्टी सद्स्य वृद्धि भएको जानकारी दिए ।
यता,नेकपा एमालेका नगर कमिटी गोलबजारले सम्प्रेषण गरिएको समाचार प्रती असन्तुष्टि जनाउदै प्रेस बिज्ञप्ती जारी गरिएको पत्रमा ,पछिलो केही दिन देखि दवानल अनलाइनका सम्पादक अर्जुन थपलियाले नेकपा एमाले र नेकपा एमाले बाट निर्वाचित जनप्रतिनिधीहरुको बारेमा एमालेलाई कमजोर पार्ने किसिमका तथ्यहिन कुराहरु सम्प्रेषण गरि जनतालाइ भ्रमित पार्ने प्रयास गरिएको  प्रती हाम्रो पार्टीको गम्भीर ध्यानआकर्षण भएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित