बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिकाको अन्तिम संस्कार गरियो

Picture of हरियो पाटी

हरियो पाटी

519
SHARES
711
VIEWS

बालिकाको कलैया उपमहानगरपालिका–१४ बघवनस्थित पसाहा खोलामा अन्तिम संस्कार गरिएको हो । उनलाई बुवा मनोजले धार्मिक परम्पराअनुसार दागबत्ती दिएका थिए। कलैया अस्पतालमा राखिएको बालिकाको शव मनोजले बुझेपछि अन्तिम संस्कारका लागि पसाहा खोला लगिएको थियो । बालिकाको शव मंगलबार रातिदेखि कलैया अस्पतालमा थियो ।

काठमाडौंबाट सहमति गरेर फर्किएलगत्तै मनोजलाई प्रहरीले कलैयासम्म लगेर शव बुझ्ने र अन्तिम संस्कार गर्ने व्यवस्था मिलाएको हो । बालिकाको अन्तिम संस्कारमा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, नेपाली सेनाका प्रमुख सेनानी गिरीराज गौतम, सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक सरोज निरौला, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टसहित परिवारका सदस्य उपस्थित थिए।

सरकारसँग तीन बुँदे सहमति गरेपछि बालिकाको परिवार शव बुँझेर अन्तिम संस्कार गर्न राजी भएका हुन् । गृहमन्त्रालयमा शनिवार राति भएको छलफलमा जघन्य अपराधिक घटनाको सम्बन्धमा विद्यमान कानूनमा भएको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेश गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सात सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गर्ने, बालिकाको सालिक निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी पहल गर्ने र बालिकाको अन्तिम संस्कार गर्ने सहमति भएको थियो ।

उक्त सहमतिसँगै बुधबार बिहान ११ बजदेखि अवरुद्ध पारिएको पथलैया–वीरगन्ज सडकखण्ड शनिबार राति १ बजेपछि खुलेको हो । यसअघि मृतकलाई फासीको सजायको माग राख्दै पीडित परिवार र स्थानीय आन्दोलित बनेका थिए ।   साउन ३१ गते बिहान घरबाट हराएकी बालिकाको शव तीन दिनपछि घरदेखि करिब डेढसय मिटर दक्षिणतर्फको खाली घरमा अर्धनग्न अवस्थामा भेटिएको थियो । घटनाको अनुसन्धानका लागि प्रहरीले जीतपुरसिमरा–२ का १६ वर्षीय एक बालक, जीतपुरसिमरा–१ का २४ वर्षीय प्रोग्रेस चौधरी, उनका परिवारका सदस्यसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

चौधरी पथलैया–वीरगन्ज रुटमा चल्ने म्याजिक गाडीका चालक र १६ वर्षीय बालक सहचालक हुन् । पक्राउ परेकामध्ये १६ वर्षीय बालकले बालिकालाई आफूले बलात्कार र हत्या गरेको स्वीकार गरिसकेका छन् । बालिकालाई चकलेट खुवाएर शव भेटिएकै स्थानमा बलात्कार गरि डोरीले घाँटी कसेर हत्या गरेको बयान बालकले प्रहरीलाई दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित