सिरहा, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९औँ वार्षिकोत्सवको अवसरमा सिराहा उपशाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन्।
रक्तदान कार्यक्रम कम्पनीको वार्षिकोत्सवलाई सामाजिक सेवासँग जोड्दै आयोजना गरिएको हो। पछिल्लो समय अस्पताल तथा स्वास्थ्य संस्थामा रगतको माग बढिरहेका बेला रगत अभावलाई केही हदसम्म पूर्ति गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा आईएमई लाइफ इन्स्योरेन्सका कर्मचारी, अभिकर्ता तथा स्थानीयको सहभागिता रहेको थियो। सहभागीहरूले रक्तदान गर्दै मानव जीवन बचाउने कार्यमा आफ्नो योगदान दिएका थिए।
रक्तदान कार्यक्रमबारे जानकारी दिँदै आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सिराहा उपशाखा प्रमुख मनोज कुमार बस्नेतले कम्पनीको ९औँ वार्षिकोत्सवलाई केवल उत्सवका रूपमा मात्र नभई सामाजिक सेवामार्फत मनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
उनका अनुसार एक युनिट रगतले आवश्यक अवस्थामा एक व्यक्तिको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ। त्यसैले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्दै समाजमा नियमित रक्तदान गर्ने संस्कारको विकास गर्न पनि यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे।
बस्नेतले रक्तदान कार्यक्रममा उत्साहपूर्वक सहभागी भई रक्तदान गर्ने सबै रक्तदाता, कर्मचारी, अभिकर्ता तथा सहयोगीप्रति धन्यवाद व्यक्त गरे। उनले आगामी दिनमा पनि कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा तथा अन्य सामाजिक क्षेत्रमा सहयोग गर्दै जाने बताए।
कार्यक्रममा रक्तदान गर्ने सहभागीहरूले पनि वार्षिकोत्सवको अवसरमा सामाजिक सेवामा सहभागी हुन पाउँदा खुसी लागेको बताएका थिए। उनीहरूले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्दा रगतको अभावका कारण उपचारमा समस्या भोगिरहेका बिरामीलाई प्रत्यक्ष सहयोग पुग्ने बताएका थिए।
रक्तदानलाई जीवनदानसँग जोडेर हेर्ने गरिन्छ। दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न रोगका कारण रगत आवश्यक पर्ने बिरामीका लागि रक्तदान अत्यन्त महत्वपूर्ण हुने भएकाले विभिन्न संघसंस्था तथा निजी क्षेत्रले समेत समय–समयमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएका छन्।
आईएमई लाइफ इन्स्योरेन्सले आफ्नो ९औँ वार्षिकोत्सवका अवसरमा सिराहामा आयोजना गरेको रक्तदान कार्यक्रमले कम्पनीको व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता पनि देखाएको आयोजकको भनाइ छ।
सिराहा उपशाखामा सम्पन्न कार्यक्रममा १८ जनाले रक्तदान गरेको उपशाखा प्रमुख मनोज कुमार बस्नेतले जानकारी दिए।


















Discussion about this post