हालै सिरहाबाट सरुवा भएका सिडियाे भोजराजमाथि अख्तियार द्वारा भ्रष्टाचार मुदा

हरियो पाटी

हरियो पाटी

545
SHARES
747
VIEWS

सिरहा ,७ साउन –  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

अख्तियारले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नं १० मा विद्युत पोल, तार र ट्रान्समिटर खरिद योजनामा मिलोमतो गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदनको सम्वन्धमा अनुसन्धान हुँदा सिद्धिचरण नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रहेका भोजराज खतिवडा देषी देखिएपछि आज भ्रष्टचारको मुद्दा दर्ता गरेको हो ।

अख्तियारले खतिवडासहित वडा नं १० का तत्कालीन वडा अध्यक्ष दामोदर धमला, तत्कालीन इन्जिनियर अमृत कुमार दाहाल र तत्कालीन खानेपानी तथा सरसफाई प्राविधिक दिल कुमार बुढाथोकीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

अख्तियारले खतिवडासहितलाई ४ लाख ७७ हजार ८ सय ९९ रुपैँया बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको सजाय गरी बिगो गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित