तरहरा जंगललमा गोली हानी चौधरीको हत्या

हरियो पाटी

हरियो पाटी

537
SHARES
735
VIEWS

साउन ५ बिराटनगर – विराटनगर उपमहानगरपालिका-५ का २८ वर्षीय रोहित चौधरीको गोली हानी हत्या गरिएको छ। शुक्रबार सुनसरीको धरान–इटहरी सडक खण्डको तरहरा जंगललमा उनीमाथि गोली प्रहार भएको थियो।

धनकुटाबाट विराटनगर तर्फ जाँदै गरेका चौधरीमाथि अज्ञात समूहले तरहराको चारकोशे जंगलमा गोली प्रहार गरी लुटपाट गरेको बताइएको छ।

गोली प्रहारबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ।

उनको दायाँ कोखामुनि गोली लागेको प्रतिष्ठानका चिकित्सकले जानकारी दिएका छन्। गोली प्रहार गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राईले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित