नेपाली सेनाद्वारा सामुदायिक वन र विद्यालय हाताभित्र वृक्षारोपण

Picture of हरियो पाटी

हरियो पाटी

527
SHARES
722
VIEWS

रौतहट । नेपाली सेनाले रौतहट स्थित सामुदायिक वन र एक सामुदायिक विद्यालयको हाताभित्र वृक्षारोपण गरेको छ । वीरदल गण गौरको संयोजकत्वमा ‘सन्ततिका लागि सोचौँ, समृद्धिका र हरियालीका लागि रुख रोपौँ’ भन्ने मूल नाराका साथ रङ्गपुर साझेदारी वन र चन्द्रपुर ७ नयाँ बस्ती आधारभूत विद्यालयको हाताभित्र शनिबार वृक्षारोपण गरिएको हो।

मलेसियन साल, मसलालगायतका ३०० बिरुवा विद्यालय हाताभित्र  रोपिएको वीरदल गणका गणपति नेपाली सेनाका कर्णेल गङ्गा बहादुर विष्टले बताए ।

वीरदल गणको संयोजकत्व, डिभिजन वन कार्यालय, अक्सफाम नेपाल, आरडीसी नेपालको सहकार्य तथा स्थानीय जनप्रतिनिधि र  सुरक्षा निकायको संयुक्त आयोजनामा भएको वृक्षारोपण कार्यक्रममा सेनानी गङ्गा बिस्ट, चन्द्रपुरका मेयर संजय कुमार काफ्ले, इलाका प्रशासन चन्द्रपुरका प्रमुख उपसचिव झरेन्द्र चापागाईं, डिभिजन वन कार्यालय रौतहटका प्रमुख सुनिल कर्णलगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

IMG-20230708-WA0003

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित