सिरहामा सुरक्षा गार्डकाे हत्या

Picture of हरियो पाटी

हरियो पाटी

518
SHARES
710
VIEWS

सिरहा, ११ असार। सिरहाको मिर्चैया नगरपालिका ७ स्थित मिर्चैया साना सहरी खानेपानी तथा सरसफाई कार्यालयका सुरक्षा गार्ड मृत अवस्थामा फेला परेको छ।

मिर्चैया नगरपालिका ८ घरभई सुरक्षा गार्डको काम गर्ने करिव ४५ वर्षिय किशोरी राय कुर्मि धारीलो हतियारले सरिरको विभिन्नभागका काटीएको अवस्थामा आज विहान कार्यालय परिसरभित्रै मृत फेला परेको हो।

कार्यालयका पदाधिकारी विशेष कामले सुनसरीको इटहरी जान गाडीलिन जाँदा रगताम्मे अवस्थामा सुरक्षा गार्ड देखेपछि संस्थाका सचिव डिकाराम पोखरेलले प्रहरीलाई जानकारी गराएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।

प्रहरी घटनास्थल पुग्दा उनको मृत्यु भईसकेको जनाएको छ। घटनाको प्रकृति हेर्दा उनको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिनसक्ने प्रहरीको भनाई छ।
प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान भईरहेको जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित