गाेलबजार नगरको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

हरियो पाटी

हरियो पाटी

564
SHARES
773
VIEWS

                           

असार १० सिरहा – गाेलबजार नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम आज (आइतबार ) सार्वजनिक हुँदैछ । नगरपालिकाले आज  नबौं नगर सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको हो ।

असार १० गते भित्र नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याउन लागेको हो । नगर प्रमुख श्याम कुमार श्रेष्ठको अध्यक्षतामा हुने नगर सभामा प्रमुख अतिथि पुर्वमन्त्री तथा संविधान सभा सदस्य  लिलानाथ श्रेष्ठ रहनेछ । उपप्रमुख मान्ती देवि साहले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । नीति तथा कार्यक्रम प्रस्तुतपछि नगर सभाका सदस्यलाई अध्ययनको समय दिएर पास गरिने छ ।

नगरपालिकाले कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य र खेलकुदलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिएको जनाइएको छ । नीति तथा कार्यक्रम मार्फत  ६६ करोड ६६ लाख १५ हजार बराबरको बजेट ल्याउने तयारी गरेको नगरपालिकाकाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित