अधिकारकर्मी कृष्ण पहाडी सहित मानवअधिकारकर्मी पक्राउ

हरियो पाटी

हरियो पाटी

512
SHARES
702
VIEWS

जेठ ३२ काठमाडौं । अधिकारकर्मी कृष्ण पहाडी लगायत मानवअधिकारकर्मी पक्राउ परेका छन् ।

नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै बानेश्वर पुगेका अधिकारकर्मी पहाडीसहित पक्राउ परेका हुन् ।

शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेताहरुसहित मूल दोषीलाई उम्काएको तथा अरुलाई पनि कारबाही नगरी छाडन खोजेको भन्दै मानव अधिकार तथा शान्ति समाजले संसद् भवन अगाडि नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए ।

निषेधित क्षेत्रमा नाराबाजी गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित