सिरहा, २८ जेठ। सिरहा नगरपालिकाका मेयर नविन कुमार यादव फेरि बिवादमा परेका छन । केहि दिन अगाडि स्कुलमा गएर विद्यार्थीहरुको कपाल आफैले काटेर बिवादमा परेका मेयर यादव फेरि बिवादमा परेका छन। मेयर यादव सहित १५–२० जनाको समूहले प्रदेशिक अस्पताल सिरहामा कार्यरत चिकित्कस, कर्मचारीहरुलाई गाली वेइज्जती र हातपात गरेको भन्दै अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले खेद प्रकट गरेको छ।
सिरहा नगरपालिका १४ का ३१ वर्षिय आरटीएका विरामी आशिष मण्डलको उपचार भईरहेको अवस्था सोमबार राति करिव ८ बजे मेयर यादवसँगै आएका सिरहा २ का अर्जुन यादव, १८ का रुपेश कुमार यादव(मुना) सहित करिव २० जनाको समूले आकस्मिक कक्षमा कार्यरत चिकित्सक र कर्मचारीहरुलाई गाली वेइज्जती र हातपात गरेको भन्दै समितिका अध्यक्ष सोहिन्द्र प्रसाद यादवले प्रेस विज्ञप्ती जारी गर्दै आपत्ति जनाएको हो।
अध्यक्ष यादवद्वारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ, ‘नगर प्रमुखजस्तो गरिमाय पदमा रहेका व्यक्ति र सँगै समूहमा आएका व्यक्तिहरुले अस्पतालका कर्मचारी र चिकित्सकमाथि अमर्यादित र अभद्र व्यबहार भएको घटना प्रति घर आपति तथा खेद प्रकट गर्दछु।’
मेयर यादवले यस अघिपनि विद्यालयमा पुगेर बालकहरुको केस काटेर विगारी दिने, शिक्षकहरुसँग अमर्यादित ढङ्गले प्रस्तुतहुने आरोप लाग्दै आएको छ।
Discussion about this post