जलवायु परिवर्तनको असर नेपालमा पनि : ताता दिन बढ्दै, चिसा दिन घट्दै

Picture of हरियो पाटी

हरियो पाटी

515
SHARES
705
VIEWS

प्रतीकात्मक तस्बिर

जेठ २६ काठमाण्डाै – जलवायु परिवर्तन लगायतका कारण तापक्रम लगातार बढिरहेको मौसमविद्ले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् डाक्टर इन्दिरा कँडेलका अनुसार यो समयमा अन्य बेला भन्दा गर्मी हुने नै गर्छ । ‘त्यसमाथि पानी परेको छैन भने जलवायु परिवर्तनको पनि असर देखिन थालेको छ’, उहाँले भन्नुभयो– ‘यसले गर्दा पनि तापक्रमले  नयाँ रेकर्ड बनाएको हो ।’

विश्वका अन्य देशमा जस्तै जलवायु परिवर्तनको असर बिस्तारै नेपालमा पनि देखिन थालेको कँडेलले बताउनुभयो । उहाँका अनुसार यही कारण ताता दिन बढ्दै गएको छ भने चिसा दिन घट्दै जान थालेको छ । केही दिनयता नेपालका धेरैजसो ठाउँमा तापक्रम बढिरहेको छ । केही जिल्लामा त अहिलेसम्मकै उच्च भएको छ ।

तत्काल वर्षाको सम्भावना नरहेकाले तापक्रम अझै बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागको अनुमान छ । हिजो नवलपुरको दुम्कौली, सुनसरीको धरान, इलामको कन्याम चिया बगान र ओखलढुङ्गामा अधिकतम तापक्रम अहिलेसम्मकै उच्च थियो ।

दुम्कौलीमा सबैभन्दा धेरै अधिकतम तापक्रम ४३ दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो । दुम्कौलीमा यसअघि सन् १९७९ मा अधिकतम तापक्रम ४३ दशमलव ७ डिग्री सेल्सियस पुगेको थियो । आज पनि यही हाराहारीमा तापक्रम रहने अनुमान रहेको वरिष्ठ मौसमविद् डाक्टर इन्दिरा कँडेलले बताउनुभयो ।

यस्तै, गौर, जलेश्वर, लहान, चतरा, विराटनगर, तरहरालगायतका ठाउँमा यो जुन महिनाको अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड भएको छ । गर्मी लगातार बढ्दै जाँदा अधिकतम तापक्रमले कतिपय ठाउँमा रेकर्ड बनाउन थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित