भारतमा रेल दुर्घटनाः २३३ जनाको मृत्यु, ९०० बढी घाइते

Picture of हरियो पाटी

हरियो पाटी

523
SHARES
716
VIEWS

जेठ २० दिलहि – भारतको ओडिसामा रेल दुर्घटना हुँदा २३३ जनाको मृत्यु भएको छ।शुक्रबार बेलुका ओडिसाको बालासोर जिल्ला नजिक  बहानगा बजार स्टेशन नजिक भएको रेल दुर्घटना हुँदा ९ सय जनाभन्दा बढी घाइते भएका छन्।

शुक्रबार साँझ ७ बजे चेन्नईबाट हाउडा गइरहेको शालीमार चेन्नई कोरोमन्डल एक्सप्रेस बहानगानजिक मालगाडीसँग ठोक्किएको बीबीसीले उल्लेख गरेको छ।

मालगाडीसँग ठोक्किएपछि उक्त रेलको अगाडिका डिब्बा पटरीबाट खसेको थियो। विपरित दिशाबाट आइरहेको यसवन्तपुर- हाउडा  सुपरफास्ट एक्सप्रेस रेल पटरीबाट खसेको रेलको डिब्बासँग ठोक्किएको थियो।

दुर्घटनास्थलमा भारतको नेशनल डिजास्टर रेसपोन्स फोर्स (एनडीआरएफ)को टोली खटिएको छ । सात अन्य टोली सहित २०० जनाभन्दाबढी उद्धारकर्मी खटिएको बीबीसले जनाएको छ।

साथै अन्य जिल्लाबाट चिकित्सक, एम्बुलेन्स लगायत अग्निनियन्त्रक टोली पनि बोलाइएको छ।

रेल मन्त्री अश्विनी वैष्णव घटनास्थल पुगेका थिए। उनले दुर्घटनामा मृत्यु भएका व्यक्तीका परिवारलाई दस-दस लाग रूपैयाँ दिने घोषणा गरेका छन्। त्यस्तै गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रूपैयाँ उपचारखर्च दिने घोषणा गरेका छन्।

घाइतेहरूको गोलापुरको एक अस्पताल र  बालासोरको  मेडिकल कलेजमा उपचार भइरहेकोस्थानीय प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित