कारागारमै कैदीको सवारी चालक अनुमति पत्र बनेको खुलासा

हरियो पाटी

हरियो पाटी

511
SHARES
700
VIEWS

सप्तरी । अपहरण तथा शरीर बन्धक मुद्दामा जेल सजाय भुक्तान गरिरहेका एक जना कैदीको सवारी चालक अनुमति पत्र बनेको खुलेको छ ।

सप्तरीको खडक नगरपालिका-७ तथा साबिक कल्याणपुर गाविस-२ निवासी मोहम्मद सैयद मियाँको सवारी चालक अनुमति पत्र २०७४ असार ३० मा यातायात व्यवस्था कार्यालय इटहरीबाट बनेको हो । जबकि २०७४ वैशाख ५ गतेदेखि नै मियाँ सप्तरी जिल्ला अदालतको फैसला बमोजिम सजाय भुक्तानीका लागि राजविराजस्थित सप्तरी कारागारमा छन् ।

सप्तरी जिल्ला अदालतका अनुसार मियाँमाथि अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सजाय भएको छ । कारागारमा रहेका कैदीको सवारी चालक अनुमति पत्र बन्नु भनेको कारागार प्रशासन सप्तरी र यातायात व्यवस्था कार्यालय इटहरीबाट गम्भीर शंका उब्जिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1