कसले दिएको थियो ११ दिनसम्म काठमाडौंमा सेल्टर ?

हरियो पाटी

हरियो पाटी

514
SHARES
704
VIEWS

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई आफ्नै कार्यकर्ताले काठमाडौंमा सेल्टर दिएको पाइएको छ । प्रहरीका अनुसार उनलाई काठमाडौंमा बस्दै आएका आफ्नै गृह जिल्लाका राजनीतिक कार्यकर्ताले सेल्टर दिएका प्रहरीले जनाएको छ । बाँकी अनुसन्धान गर्दै जाने प्रहरी परिसर काठमाडौंले बताएको छ ।

पक्राउ पुर्जी जारी भएको ११ दिनपछि रायमाझी आइतबार राति काठमाडौंको बूढानीलकण्ठस्थित कार्यकर्ताको घरबाट पक्राउ परेका थिए । पक्राउ पुर्जी जारी भएपछि उनी भारत पुगेको अनुमान धेरैको थियो ।
रायमाझीलाई आज अदालत उपस्थित गराइने भएको छ । म्याद थपका लागि आज अदालत लगिने प्रहरीले जनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीलाई वैशाख २० गते पक्राउ पुर्जी जारी गरिएको थियो । रायमाझीका छोरा सन्दीप रायमाझीविरूद्ध पनि वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । उनलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित