सशस्त्र प्रहरीले बरामद गर्‍यो अढाई करोड बराबरको सामान

Picture of हरियो पाटी

हरियो पाटी

526
SHARES
720
VIEWS

बैशाख २६ सिरहा-  सशस्त्र प्रहरी बलले सीमा क्षेत्रबाट अढाइ करोड बराबरको सामान बरामद गरेको छ।

२४ घण्टामा अढाइ करोड बराबरका भन्सार छलेर चोरी पैठरीका सामान नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सोमबार बिहान १० बजे देखि मंगलबार बिहान ८ बजे सम्म देशभरिको सीमा क्षेत्रबाट सशस्त्र प्रहरीका विभिन्न युनिटले २ करोड ५६ लाख ८४ हजार ४०२ रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको हो।

जसमा कोशी प्रदेशका ईलाम, झापा, मोरङ र सुनसरी जिल्लास्थित युनिटले ४ लाख ८६ हजार ६ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

त्यसैगरी लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही, कपिलबस्तु र बर्दिया जिल्लास्थित युनिटले १० लाख ७६ हजार ५५ रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली र कञ्चनपुरले सोही अवधिमा ४ लाख ९२ हजार ९३५ रुपैयाँ बराबरको सामान बरामद गरेको हो।

बरामद सामानमा भन्सार छलि र शंकास्पद कागजपत्र भएका ट्रक, हार्डवयरका सामान लत्ताकपडा कस्मेटिक सामान लगायत  छन्। बरामद सामान आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय तथा सम्बन्धित भन्सार कार्यालयमा बुझाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित