महिला पत्रकारको महाकालि–मेचि साईकल यात्रीलाई सिरहामा सम्मान

हरियो पाटी

हरियो पाटी

515
SHARES
706
VIEWS

२३ बैशाख -सिरहा दलित महिला पत्रकारहरुले विभेदविरुद्ध सुदुरपश्चिमबाट सुरुगरेको महाकालि–मेचि साईकल यात्री सिरहा आईपुगेको छ। जातीय छुवाछूत तथा सबै खाले विभेद बिरुद्ध राज्यको ध्यानाकर्षण गराउने उदेश्यले बैषाख ५ गतेबाट रीता बुढाथोकीको नेतृत्वमा सुदूरपश्चिम प्रदेशको नेपाल भारत सीमा नाका गड्डाचौकीबाट सुरुभएको तीन महिला पत्रकारहरुको साइकल यात्रा आज सिरहा आई पुगेको हो ।
राज्यले कानुनै बनाएर जातिय भेदभाव तथा छुवाछुतलाई अपारध घोषित गरेको भएपनि कार्यान्वयन फितलो भएकोले राज्यको धानाकर्षण गराउन साईकल यात्रामा निस्केको पत्रकार बुढाथोकीले बताईन। उनले भनिन, ‘राज्यले पटक–पटक कानुन बनाएर, जातिय विभिद तथा छुवाछुत अन्तयको घोषणा गर्यो। तर, आजपनि फरक स्वरुपमा छुवाछुतको अवस्था उस्तै छ, देशभरीका दलितहरु कुनै न कुनैरुपमा विभेदको शिकार भईनै रहेको छ ।
‘तीनजना महिलाहरुले साइकल यात्रा गरेरमात्र जातिय विभेद अन्त्य हुने होइन। हाम्रो मुख्य उदेश्यभ नेको राज्यको ध्यानाकर्षण गराउने हो; भन्दै बुढाथोकीले भनिन, ‘दलितहरु अझै पनि आर्थिक, सामाजिक र शैक्षिकरुपमा चरम विभेदनमा छन्। हाम्रो उद्देश्य भनेको न्याय, समानता र विभिद मुक्त समाज निर्माणको हो । विभेद मुक्त समाज निर्माणमा सवै तह तप्काको सहयोग, हात्तेमालोको खाचो छ।’
यातामा पत्रकार संगिता नेपाली र इन्दिरा विश्वकर्मा सहभागी भएका छन्।
विभेद विरुद्धको अभियान सहित सिरहा आईपुगेका साइकल यात्रीहरुलाई गोलबजारमा विश्वकर्मा समाज सिरहा, दलित विकास मञ्चसहित अधिकारकर्मीहरु र लहानमा पत्रकार तथा अधिकारकर्मीहरुले खादा, माला र अविर लगाएत स्वागत् तथा सम्मान गरेको छ। सिरहाका अधिकारकर्मी, पत्रकारहरुले टन्टलापुर घामको प्रवाह नगरी विभेद विरुद्ध साइकल यात्रामा निस्केका उनीहरुको यात्रा सफलताको कामना गरेको छ।
उनीहरुहरुले सुरु गरेको साइकल यात्रा झापाको मेचीनगरमा पुगेर सभासहित समापन हुने यात्रिहरुले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1