टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइँदै

Picture of हरियो पाटी

हरियो पाटी

514
SHARES
704
VIEWS

बैशाख २१ काठमाडौं – पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज काठमाडौं ल्याइँदै छ।

नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न रहेको आराेपमा बुधबार बुटवलबाट पक्राउ परेका सन्दीपलाई आज काठमाडौं ल्याउन लागिएको प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले बताए।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी श्याम अर्यालले रायमाझीलाई काठमाडौं पठाउनका लागि भैरहवा विमानस्थल लगिएको जानकारी दिए।

उनका अनुसार सन्दीपलाई बुद्ध एयरको विमानमार्फत् काठमाडौं पठाइँदै छ। बिहान ७ बजेको टिकट थियो, मौसमका कारण फ्लाइट डिले भयो। उहाँ एयरपोर्टमै हुनुहुन्छ,’ डिएसपी अर्यालले भने।

बुटवलबाट पक्राउ परेका सन्दीपलाई हिजो राति जिल्ला प्रहरी कार्यालयमा राखिएको डिएसपी अर्यालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित