छैठौं गोलबजार मेयर गोल्डकपको उपाधी मकमानपुर लाई

हरियो पाटी

हरियो पाटी

572
SHARES
784
VIEWS

सिरहा, १८ वैशाख।  सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित ‘छैठौं मेयर गोल्डकपको उपाधी मकमानपुर ११ हेटैडाले उचालेको छ। गोलबजार नपा २ गुरुधामस्थित एकीकृत खेलग्राममा सलहेश फुटवल क्लव सिरहा र मकमानपुर ११ विच भएको फाईनल खेलमा मकमानपुर ११ ले सून्यको विरुद्ध तीन गोल गर्दै उपाधी हात पारेको हो।

फाईनल खेलको सुरुवाती ९ मिनटमै मक्वान्पुर ११ कजर्सी नम्वर ३४ का समीर तामाङ्ले पहिलो गोल गरेका थिए। खेलको म्यान अफ द म्याच मक्वान्पुर ११ कजर्सी नम्वर ३४ का समीर तामाङ्ले घोसित भएको छ।

गोल्ड कपमा प्रथम हुने टिमलाई दुई लाख ५१ हजार र दोस्रो हुने टिमलाइ एक लाख ५१ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरेको आयोजकले जनाएको छ।समापन कार्यक्रममा प्रतिनिधीसभा सदस्य लिलानाथ श्रेष्ठले खेलको विकास र रक्षाको लागि खेल र खेलाडीहरुलाई निरन्तर अभ्यासको जरुरी रहेको बताए। सोही क्रममा पूर्व मन्त्री समेत रहेका श्रेष्ठले खेल जीवनको अभिन्न अङ्ग बनेको बताउँदै खेलको माध्यमबाट आफ्नो ठाउँलाई देश विदेशमा परिचाय खेलकुदको महत्वपूर्ण हात रहेको बताए। उनले भने, ‘खेलले देशभरीमात्र हैन अन्तराष्ट्रिय रुपमा परिचय गराउँदै छ, पछिल्ला दिनहरुमा खेलले राम्रो गरिरहेको छ ।’

प्रतिनिधीसभा सदस्य श्रेष्ठले खेलमा सवै सहभागी प्रतियोगिहरुलाई शुभकामना दिंदै हार जित आफ्नो ठाउँमा भएपनि खेलले भाईचारा पनि बढाउने बताए। उनले खेलको विकासको लागि राज्यले राम्रो लगानी गर्न जरुरी रहेको बताए।

मेयर गोल्ड गपको लागि गोलबजार नगरपालिकाले २३ लाख रकम विनयोजन गरेको छ। गोल्ड कपको प्रथम पुरस्कार राशि ग्लोबल आईएमई बैंक गोलबजार शाखाले सहयोग गरेको छ।

यहि बैशाख ९ गतेबाट सुरुभएको मेयर गोल्ड कपमा देशभरका १० वटा टिम सहभागी रहेको थियो।

गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न गोल्ड कपमा जिल्लाका विभिन्न निकायका प्रमुहरुको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित