सिन्धुलीमा कार दुर्घटना दुई जनाको मृत्यु

हरियो पाटी

हरियो पाटी

514
SHARES
704
VIEWS

सिन्धुली । बीपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका-२ को पिपलभन्ज्याङ घुम्तीमा कार दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट सिन्धुली आउँदै गरेको बा ८ च ९१३५ नम्बरको कार आइतबार (आज) बिहान दुर्घटना भएको हो । कार सडकबाट अन्दाजी ३० मिटर तल खसेको छ ।

दुर्घटनामा झापा, सुरुंगा-४ का ४३ वर्षीय कुमार पुरी  र सिन्धुलीको मरिण गाउँपालिका-३ ठेगाना भइ हाल काठमाडौं गौरीघाट बस्दै आएकी ३८ वर्षीय सहारा प्रर्साईंको मृत्यु भएको सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए ।

कारमा तीनजना सवार थिए । दुर्घटना परी घाइते भएका प्यूठानका योगेन्द्र थापाको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अर्को सवारीलाई साइड दिन खोज्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित