बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी

हरियो पाटी

हरियो पाटी

514
SHARES
704
VIEWS

सिरहा – प्रतिनिधिसभा सदस्य उपचुनावमा बारा–२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले हराउनुभयो ।विजयी उम्मेदवार यादवले २८ हजार ४ सय १५ मत प्राप्त गर्नुभयो । निकटतम प्रतिस्पर्धी कुशवाहाले २३ हजार ३ सय ३४ मत ल्याउनुभयो । एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पूर्व डीआईजी रमेश खरेलले २ हजार ८ सय २९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।बारा–२ मा कुल ६९ हजार १ सय ७ मत खसेको थियो । उपेन्द्र यादव यसअघि गएको मंसिरमा भएको चुनावमा सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित हुनुभएको थियो । बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि त्यहाँ उपचुनाव भएको हो ।यो नतिजासहित उपचुनाव भएका तीन वटै क्षेत्रको अन्तिम नतिजा आएको छ । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीकै स्वर्णिम वाग्ले विजयी हुनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित