बारा । बारा २ को जारी मतगणनामा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले अग्रता बनाएका छन् । करैयामाई गाउँपालिका वडा नम्बर १ र २ को मतगणना सम्पन्न हुँदा जनमतले अग्रता बनाएको हो । पछिल्लो मत परिणामअनुसार कुशवाहाले ३० मतको अग्रता बनाएका हुन् । हालसम्म खसेको मत २०७४ मतमा जसपाका उम्मेदवार उपेन्द्र यादवले ५७१ मत र कुशवाहाले ६०१ मत पाएका छन् ।यसैगरी एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५१० मत प्राप्त गरेका छन् ।करैयामाई गाउँपालिका वडा नम्बर १ र २ जसपाको गढ क्षेत्र मानिएपनि सोही क्षेत्रमा जनमतको अग्रता देखिएको हो ।
Discussion about this post