चितवन–२ मा रातिदेखि नै मतगणनाको तयारी

हरियो पाटी

हरियो पाटी

512
SHARES
701
VIEWS

चितवन । आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना चितवनमा आज रातिदेखि नै सुरु गर्ने तयारी भएको छ । सहायक मतदान अधिकृत ईश्वर आचार्यले राति ९ बजेसम्म मतपेटिका संकलन गरिने र त्यसपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने बताए । उनका अनुसार चितवन २ मा निर्धारित समयमा ६१ प्रतिशत मत खसेको छ । केही स्थानमा मतदान स्थलभित्र पसिसकेका मतदाताले मतदान बाँकी रहेकाले केही बढ्न सक्ने उनको भनाइ छ ।

उनका अनुसार चितवन २ मा निर्धारित समयमा ६१ प्रतिशत मत खसेको छ । केही स्थानमा मतदान स्थलभित्र पसिसकेका मतदाताले मतदान बाँकी रहेकाले केही बढ्न सक्ने उनको भनाइ छ । चितवनमा कुल १ लाख २४ हजार ६९५ मतदाताका लागि ४३ मतदान स्थलमा १३८ मतदान केन्द्र निर्धारण गरिएको थियो । मतगणना उद्योग संघ चितवनको प्रदर्शनी केन्द्रमा हुने जनाइएको छ । मतगणना ७ स्थानमा गरेर चाँडै नजिता दिइने आचार्यको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित