गाेलबजार छैठौं मेयर गोल्डकपकाे पहिलो खेलमा मकवानपुर विजयी

हरियो पाटी

हरियो पाटी

523
SHARES
716
VIEWS

सिरहा, ९ वैशाख। सिरहाको गोलबजार नगरपालिकाको आयोजनामा सुरुभएको ‘छैठौं मेयर गोल्डकप’ उद्घाटन खेलमा मकवानपुर ११ हेटौंडाले विजयी सुरुवात गरेको छ। गोलबजार नपा २ गुरुत्रामस्थित एकीकृत खेलग्राममा सुरु पहिलो दिन मकवानपुर ११ हेटौंडाल र गाइघाट फुटबल कल्ब उदयपुर बिच भएको खेलमा सून्यको विरुद्ध एक गोलगर्दै मकवानपुर ११ विजयी भएको हो।

प्रतिस्पर्धातत्मक खेलको दोस्रो हाफको ६१ औं मिनटमा मकवानपुर ११ का जर्सिनम्वर ८ का खेलाडी आयुषलामाले गोल गरेका थिए।

उद्घाटन कार्यक्रममा प्रतिनिधीसभा सदस्य लिलानाथ श्रेष्ठले वर्षमा एकपटक गोल्ड कप गरेर खेलको विकास नहुने बताए। उनले खेलको विकास र रक्षाको लागि खेल र खेलाडीहरुलाई निरन्तर अभ्यासको जरुरी रहेको बताउँदै त्यसकालागि नगरपालिकाले पहलकदमी लिनु पर्नेमा जोड दिए।

सोही क्रममा पूर्व मन्त्री समेत रहेका श्रेष्ठले खेल जीवनको अभिन्न अङ्ग बनेको बताउँदै खेलको माध्यमबाट देश विदेशमा आफ्नो ठाउँलाई परिचाय स्थापित गर्ने बताए। उनलेको माध्यमबाट विस्तारै अन्य रोजगार र व्यसाय पनि सृजना हुने उनको भनाई छ।

मेयर गोल्ड गपको लागि गोलबजार नगरपालिकाले २३ लाख रकम विनयोजन गरेको छ। गोल्ड कपमा प्रथम हुने टिमलाई दुई लाख ५१ हजार र दोस्रो हुने टिमलाइ १ लाख ५१ हजार रुपैया नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र बितरण गरिने आयोजकले जनाएको छ।

मेयर श्याम कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य मनोज कुमार सिंह, पूर्व मेयर देवनाथ साहसहित जिल्लाका विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीता रहको थियो।

मेयर गोल्ड कपमा देशभरीका १० वटा टिम सहभागी रहेका छन्। भोलीको खेल गुरुधाम फूटवल क्लवम गुरुधाम सिरहा र बागमति युवा क्लव सर्लाहीविच हुने छ। आजदेखि सुरुभएको मेयर गोल्ड कपको फाईल खेल १८ गते हुने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित