सिरहामा प्रहरीको सुरक्षा घेरा भित्रैबाट लुटियो ९ लाख रुपैयाँ

हरियो पाटी

हरियो पाटी

529
SHARES
724
VIEWS

सिरहा-  सिरहामा प्रहरीको सुरक्षामा मनि ट्रान्सफरका लागि लगिँदै गरेको ९ लाख रुपैयाँ दिनदहाडै लुटिएको छ । मिर्चैया– कल्याणपुर सडक खण्डमा पार्ने कटहा पुल नजिकैबाट लुटेरा ९ लाख रुपैयाँ लिएर फरार भएका हुन् । लुटेरालाई खोज्न अहिले जिल्लाका हरेक सडक र नाकामा प्रहरी परिचालन गरिएको छ ।  ज.६ प.४२५६ नम्बरको मोटरसाइकलमा राजाराम सव मनि ट्रान्सफर कल्याणपुरका कर्मचारीले मिर्चैयाबाट ९ लाख रुपैयाँ लैजाने क्रममा लुटपाट भएको प्रहरीको भनाई छ ।मोटरसाइकलमा आएका लुटेराले रकमसहित प्रहरीको हतियार समेत लुटेको स्रोतले जनाएको छ । सिरहाका प्रहरी प्रवक्ता डिएसपी नरेशराज पाण्डेले रकम लुटेको पुष्टि गरे । उनले थप विवरणका आउन बाँकी रहेको बताए । इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी हरिकृष्ण केसीले पनि मनि ट्रान्सफरका लागि कल्याणपुर लगिँदै गरेको ९ लाख रुपैयाँ लुटिएको बताए । केसीले अहिले लुटेराको खोजतलास जारी रहेकाले थप विवरण पछि दिन सकिने बताए यसअघि २०७४ साल पुसमा पनि सोही सडक खण्डमा लुटेराहरुको समूहले मनिट्रान्सफर सञ्चालकको साथबाट २५ लाख ६० लाख रुपैयाँ लुटेर फरार भएका थिए ।  फरार लुटेरालाई प्रहरीले पक्राउ गर्न सकेको छैन । साभार राताेपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित