सवा घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु

हरियो पाटी

हरियो पाटी

512
SHARES
702
VIEWS

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा प्रभावित बनेको हवाई उडान अहिले सञ्चालन भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सवा घण्टा राेकिएकाे उडान सेवा अहिले नियमित सञ्चालन भइरहेको छ । ‘अध्यागमनको सर्भर डाउन हुँदा सवा घण्टा उडान सेवा प्रभावित भएको थियो । दिउँसो २ः३५ देखि नियमित उडान भइरहेको छ’, उहाँले भन्नुभयो ।

अन्तर्राष्ट्रिय उडानका विभिन्न गन्तव्यमा आवतजावत गर्ने यात्रुले सास्ती बेहोर्नुपरेको थियो । उडान अवतरण भए पनि लामो समय सम्बन्धित गन्तव्यका जहाजले उडान भर्न नसक्दा यात्रु मर्कामा परेका थिए । यसअघि पनि अध्यागमनको ‘सर्भर डाउन’ ले अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित