सिरहा काराकारबाट १० जना कैदी रिहा

Picture of हरियो पाटी

हरियो पाटी

580
SHARES
795
VIEWS

सिरहा, ७ फागुन – प्रजातन्त्र दिवसको अवसरमा सिराहा कारागारमा बाट १० जना कैदि रिहा भएका छन्। राष्ट्रपतिबाट ७२ औँ प्रजातन्त्र दिवसको अवसरमा विभिन्न मुद्दामा जिल्ला कारागार सिरहामा कैद भुक्तान गरिरहेका १० जनालाई रिहा गरिएको हो।

कैद मिनाहा भई रिहा हुनेमा ६ जना सवारी ज्यान मुद्दाका रहेका छन् भने एकजना बहुविवाह, एकजना चोरी र एकजना डाका मुद्दाका छन्।

सवारी ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कल्याणपुर नगरपालिका १ का रमेश माझी, नरहा गाउँपालिका ५ का दीपक कुमार यादव, लहान नगरपालिका ५ का प्रकाश विश्वकर्मा, नवराजपुर गाउँपालिका ५ का गजेन्द्रप्रसाद चौधरी, लक्ष्मीपुर पतारी गाउँपालिका ४ का मोहम्द रजाबुल मियाँ र गोलबजार नगरपालिका ११ का शत्रुधन सदाय छन्।

यस्तै, चोरीमा कैद सजाय भोगीरहेका सुखीपुर नगरपालिका १ का दिलीपकुमार यादव, डाँका मुद्दाका विष्णुपुर गाउँपालिका १ का ब्रह्मदेव यादव र बहुविवाह मुद्दाका गोलबजार नगरपालिका ९ का श्यामकुमार महरा रहेको कारागार प्रमुख भवेशकुमार झाले जानकारी दिए।

कारागारमा विभागको कैद मिनाहा भएको र रिहा गर्न पत्राचार भएको आधारमा १० जनालाई कैदबाट रिहा गरिएको प्रमुख झाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित