बसको ठक्करबाट वृद्ध मृत्यु प्रकरण : वीरेन्द्रनगर तनावग्रस्त

हरियो पाटी

हरियो पाटी

518
SHARES
709
VIEWS

सुर्खेत । आइतबार वीरेन्द्रनगरमा बसको ठक्करबाट मृत्यु भएकी महिलाका आफन्तद्वारा जारी आन्दालोन चर्किएपछि वीरेन्द्रनगरको अवस्था अहिले तनावग्रस्त बनेको छ । आन्दालेनकारीले विभिन्न चोकमा टायर बालिरहेका छन् भने यातायातका साधन चल्न सकिरहेका छैनन् ।आइतबार दिउँसो जाजरकोटकी नदी रावतको बसको ठक्करबाट मृत्यु भएको थियो । उक्त घटनालाई लिएर आफन्तले क्षतिपूर्तिको माग गर्दै सोमबार बिहानैदेखि आन्दोलन जारी राखेका छन्। आन्दोलनका क्रममा एक जना पत्रकार घाइते भएका छन्। मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरी बीचको झडपमा स्थानीय पत्रकार बलबहादुर थापा घाइते भएका हुन् । बसपार्क समितिका युवाहरुले उनको टाउकोमा काँचको बोतलले हानेका थिए। पत्रकार थापाले आन्दोलनको भिडियो खिचिरहेका थिए भने प्रहरी र आन्दालेनकारीले भिडियो नखिच्न आग्रह गरेका थिए। तर उनले भिडियो खिचिरहेपछि प्रहरीकै अगाडि युवाहरुले उनीमाथि आक्रमण गरेका हुन् । उनलाई आक्रमण गर्ने युवाको परिचय भने खुलेको छैन। पत्रकार थापाको उपचार स्थानीय माया नर्सिङ होममा भइरहेको छ । उनको टाउकोमा पाँचवटा टाँका लगाइएको छ । आन्दोलनमा ३० जना घाइते भएको जिल्ला प्रहरीले जनाए छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित