चितवन-२ मा वैशाख १० गते उपनिर्वाचन हुने

Picture of हरियो पाटी

हरियो पाटी

515
SHARES
706
VIEWS

चितवन-२ मा आगामी वैशाख १० गते प्रतिनिधि सभाको उपनिर्वाचन हुने भएको छ।

निर्वाचन आयोगको आइतबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० वैशाख १० गते आइतबार चितवन-२ मा उपनिर्वाचन गर्ने निर्णय भएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

यसअघि मंसीर ४ गते भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचत भएका थिए। नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेको थियो। जसले गर्दा प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको थियो।

यसका लागि चैत २० गते मनोनयन दर्ता गर्ने कार्यतालिका तोकिएको छ। त्यसअघि आयोगले फागुन १ देखि चैत १६ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित