निकै उचाइमा देखा परेको ‘एक मानवरहित वस्तु’ अलास्कामाथिबाट खसालिएको अमेरिकी भनाइ

हरियो पाटी

हरियो पाटी

518
SHARES
709
VIEWS

बिबिस – निकै उचाइमा देखा परेको एक अपरिचित वस्तुलाई उत्तर ध्रुवीय महासागरमाथि अमेरिकी लडाकु विमान एफ-२२ ले क्षेप्यास्त्र प्रहार गरेर खसालिदिएको छ। उक्त वस्तु कहाँबाट आएको थियो भन्ने थाहा हुन सकेको छैन।

वासिङ्टनले ‘चिनियाँ जासुसी बलुन’ भन्दै त्यसलाई उसको सेनाले अमेरिकी जल क्षेत्रमा खसालेको झण्डै एक सातापछि यस घटना बाहिर आएको हो।

एउटा सानो आकारको कारजत्रो उक्त वस्तुका भग्नावशेष सङ्कलनको काम भइरहेको अमेरिकी सेनाले जनाएको छ।

उक्त वस्तुलाई खसाल्नका लागि शुक्रवार राष्ट्रपति जो बाइडनले आदेश दिएको ह्वाइटहाउसले जनाएको छ।

   ‘सानो कारजत्रो’ वस्तु

ह्वाइटहासका प्रवक्ता जोन किर्बीले मानवरहित उक्त वस्तु “एउटा सानो कारजत्रो” भएको र त्यो नागरिक उड्डयनमा “उचित खतरा” उत्पन्न गर्ने देखिएको बताएका छन्।

उक्त वस्तु कुन प्रयोजनसाथ थियो भन्ने समेत थाहा नभएको किर्बीले बताएका छन्।

किर्बीले उक्त वस्तु अलास्काको उत्तरी तटमाथि ४० हजार फिट (झण्डै १२,००० मिटर) को उचाइमा उडिरहेको थियो।

त्यसअघि सो वस्तु अलास्कामाथि २० देखि ४० माइल प्रतिघण्टाको गतिमा उडिसकेको थियो र त्यसमा गोली प्रहार गरेर खसाल्दा त्यो साउथ क्यारोलाइनाको तटबाहिर थियो।

व्यावसायिक उडानहरू ४५ हजार फिट सम्मको उचाइमा उड्ने गर्छन्।

कहिलेबाट देखियो ?

त्यसको भग्नावशेष सङ्कलनका लागि बफर्ट सागरमा हेलिकप्टर र विमानहरू परिचालन गरिएका छन्।

“यो कसको स्वामित्वमा छ, राज्य वा कम्पनीको वा कसैको निजी भन्ने हामीलाई थाहा छैन,” किर्बीले भने।

उक्त वस्तु सबैभन्दा पहिले बिहीवार राती देखिएको थियो।

ह्वाइटहाउस प्रवक्ता किर्बीले दुई लडाकू विमानहरू उक्त वस्तु नजिकै पुगेर त्यसमा कोही मानिसहरू नभएको सुनिश्चित गरेको जनाएका छन्।

जसलगत्तै बाइडनले त्यसलाई खसाल्ने आदेश दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1