गोलबजारमै राष्ट्रिय परिचयपत्र सेवा सुरु हुँदै

Picture of हरियो पाटी

हरियो पाटी

515
SHARES
705
VIEWS

सिरहा, १९ असोज । राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिन दिनभरि लगाएर सदरमुकाम सिरहास्थित जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने गोलबजारवासीको बाध्यता अन्त्य हुने भएको छ। गोलबजार नगरपालिकाले दशैंलगत्तै नगरपालिकाबाटै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन गर्ने तयारी गरेको छ।

सेवा सञ्चालनका लागि गोलबजार नगरपालिका र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, काठमाडौंबीच सोमबार  समझदारीपत्रमा हस्ताक्षर भएको हो। नगर प्रमुख श्यामकुमार श्रेष्ठको पहलमा नगरपालिकाबाटै सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको हो।

गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुपनारायण खतिवडाका अनुसार दशैंअघि सेवा सञ्चालनका लागि आवश्यक व्यवस्थापकीय तथा प्राविधिक तयारी पूरा गरिनेछ। त्यसपछि दशैंलगत्तै सेवा सुरु गर्ने लक्ष्य राखिएको छ।

हाल राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिन गोलबजारका नागरिकले सदरमुकाम सिरहास्थित जिल्ला प्रशासन कार्यालय पुग्नुपर्ने बाध्यता छ। यसका कारण सेवाग्राहीले आवतजावतमा समय र खर्च दुवै व्यहोर्नुपरेको छ। नगरपालिकाबाटै सेवा सुरु भएपछि उक्त समस्या कम हुने अपेक्षा गरिएको छ।

नगर प्रमुख श्रेष्ठले स्थानीय तहमै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले पहल गरिएको बताए। नगरवासीलाई आफ्नै नगरपालिकाबाट सेवा उपलब्ध भएपछि सहज हुने र सदरमुकाम धाउनुपर्ने बाध्यता हट्ने उनको भनाइ छ।

गोलबजार नगरपालिकामा १३ वटा वडा रहेका छन्। नगरपालिकाबाट सेवा सुरु भएपछि गोलबजारका नागरिकसँगै आसपासका क्षेत्रका सेवाग्राहीसमेत लाभान्वित हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित