रवि लामिछानेकाे नेपाली नागरिकता पुनः कायम

हरियो पाटी

हरियो पाटी

534
SHARES
732
VIEWS

काठमाण्डाै – रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको छ । उहाँले स्थानीय प्रशासनको सिफारिसअनुसार नागरिकता पाउँ भनेर दिएको निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौले नागरिकताको प्रमाणपत्र दिएको स्वकीय सचिव दीपक बोहोराले बताउनुभएको छ ।

यसअघि नै नेपालको नागरिकता लिइसक्नुभएका लामिछानेले अमेरिका गएपछि उतैको नागरिकता लिँदै नेपाली नागरिकता त्याग्नुभएको थियो । तर अमेरिकी नागरिकता परित्याग गरेपछि पुनः नयाँ प्रक्रियाबाट नेपाली नागरिकताको प्रमाणपत्र लिनुपर्नेमा पुरानै नागरिकताको आधारमा प्रतिनिधि सभा चुनावमा उम्मेदवारी दिनुभएको थियो ।

सांसद हुँदै उप्रधान एवम् गृहमन्त्री बन्नुभएका लामिछानेको नागरिकता नै अवैध रहेको सर्वोच्चको फैसलापछि उहाँले पुनः नागरिकताको प्रमाणपत्र लिनुभएको हो । अवैध नागरिकताकै कारण उहाँको सांसद र मन्त्री पद खारेज भइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित