सिरहा माघ ९ – सिरहा चिसोले कठ्यांग्रिएर सिराहामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहा नगरपालिका– ७ का ५० वर्षीय मदन पासमान रहेका जिल्ला प्रहरी सिरहाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार पासमानको चिसोका कारण सोमबार बिहान मृत्यु भएको हो । मृतककी श्रीमती गौरीदेवी पासमानको उपचार अभावमा क्यान्सरका कारण चार वर्षअघि नै मृत्यु भइसकेको छ ।
आर्थिक अवस्था निकै कमजोर रहेका पासमानले दैनिक मजदुरी गरी गुजारा गर्दै आएका थिए पासमानको दुई छोरा र एक छोरी रहेका छन ।
Discussion about this post