मेरोमाइक्रोफाइनान्स : अधिकांश वित्तीय सूचकमा छलाङ, नाफामा २९७.७७%को उछाल

Picture of हरियो पाटी

हरियो पाटी

519
SHARES
711
VIEWS

काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा संस्थाले १२ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन गत वर्ष यही अवधिको तुलनामा २९७.७७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ३ करोड २३ लाख रुपैयाँमात्रै नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफाबापत १६ करोड १७ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा १ करोड ७ लाख रुपैयाँमा सीमित थियो।

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी गत वर्षको यही अवधिको तुलनामा १४०. ९४ प्रतिशतले बढेको छ। गत वर्ष ११ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर २७ करोड १९ लाख रुपैयाँ भएको छ।

संस्थाले १० अर्ब ८३ करोड रुपैयाँ सापटी लिई १५ अर्ब २७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष संस्थाले ५ अर्ब ६६ करोड रुपैयाँ सापटी लिई ७ अर्ब ५४ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार १४७.२५ प्रतिशतले बढेर ९५ करोड ५८ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा ३८ करोड ६५ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी १ अर्ब रुपैयाँ रहेको संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५१.४२ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) २७.०३ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १९५.५८ रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित