चिसो बढ्न थालेसंगै भरतपुर अस्पतालमा बिरामीहरुको चाप बढ्दो

हरियो पाटी

हरियो पाटी

531
SHARES
728
VIEWS

माधब सापकोटा

 

२० मंसिर २०७९ , चितवन -बिहान बेलुका चिसो बढ्न थाले संगै भरतपुर सरकारी अस्पतालमा बिरामीहरुको चाप बढ्न थालेको छ । चिसो मौसमका कारण स्वास्थ्यमा समस्या देखिन थालेपछि बालबालिका वृद्ध-वृद्धा ‘ज्येष्ठ नागरिक’ र दिर्घ रोगिहरुमा यसको प्रभाब देखिन थालेको हो ।

मंसिर महिनाको पहिलो हप्ता देखिनै भरतपुर अस्पतालमा चिसोका कारण समस्या उत्पन्न भई स्वास्थ्य जाँच गराउनेको संख्यामा बृद्धि हुदै गएको छ । गएको महिनाको तुलनामा यो महिना स्वाश-प्रश्वास समस्या ,दम, निमोनिया ,बाथरोग र रुघाखोकीका बिरामीहरु बढ्न थालेको अस्पताल श्रोतको भनाई छ ।

अहिले झन्डै दैनिक एक हजार जना भन्दा बढिले ओ पि डि सेवा लिनेगरेकोमा ४० प्रतिशत चिसोका कारण उत्पन्न समस्या लिएर आउनेगरेको अस्पतालका सूचना अधिकारी गोपाल प्रसाद पौडेलले बताउनुभयो । गत सोमबार मात्र १०९५ जनाले ओ पि डि , र २५० जनाले आकस्मिक सेवा लिएको उहाँको भनाई छ । जसमध्ये अधिकांस बालबालिका र वृद्ध – वृद्धा रहेकाछन् । अस्पतालमा ओ पि डि सेवा ,आकस्मिक सेवा र भर्ना भएका बिरामीहरुको तत्थाकं हेर्दा बिस्तारै अझ चाप बढ्ने सम्भाबना रहेको छ ।

भरतपुर अस्पताल देशकै केन्द्र भागमा रहेकाले यँहा छिमेकि जिल्लाका मात्र नभई अन्य जिल्लाहरुबाट समेत स्वास्थ्य सेवा लिन पुग्ने गरेको पौडेलको भनाई छ । चिसो मौसम सुरु भएसंगै संक्रमण बढ्न सक्ने भएकाले स्वास्थ्यको ख्याल गर्नुपर्नेमा चिकित्सकहरुले जोड दिएकाछन् । यो समयमा दिर्घ रोगिहरुको स्वास्थ्य प्रति अझ बढि सजग रहन उनिहरुको सुझाब रहेको छ । उनिहरुले चिसो बाट हुने जोखीम न्यृनिकरण्का लागि आफ्नो दैनिक खानपान , आनि- बानिमा बिशेष ध्यानदिन समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित