अलपत्र सडकको निर्माणकार्यले लियो गति – हर्षित भए स्थानिय

हरियो पाटी

हरियो पाटी

531
SHARES
728
VIEWS

माधब सापकोटा
१९ मंसिर ,चितवन – माडीको किर्तनपुरदेखी गोपालनगर सम्मको अलपत्र सडकको निर्माण कार्य सुरु भएपछि स्थानियले राहतको महसुस गरेका छन् । । झन्डै ६ महिना अघिबाट कालोपत्रेका लागि निर्माण थालिएको उक्त सडक कार्य सम्पन्न नगरी अलपत्र अवस्थामा छाडिएको थियो ।

सडकको सब बेस समेत सम्पन्न गरिसकेको सडक कालोपत्रे नहुदा त्यहाका स्थानिय धुलाम्य जिबन बिताउन बाध्य बनेका थिय । निर्माणको जिम्मा लियको ठेकेदार पक्षले कुनै वास्ता नगरि निर्माणकार्य अलपत्र छोडेपछि सडकमा हिड्ने देखि छेउछाउका घरहरुमा बढि प्रभाब परेको त्यँहाका बासिन्दाको भनाई छ ।
अत्याधिक धुलोको कारण समस्या बढ्न थालेपछि स्थानिय युवाहरुको पहलमा केहि दिन अघिमात्र माडी नगरपालिकाको ७ न वडा कार्यालयमा ज्ञापन पत्र बुझाएका थिय ।

ज्ञापन पत्र बुझ्दै वडा अध्यक्ष चन्द्रकुमारी बानियाँले निर्माणको जिम्मा लिएको ठेकेदार पक्ष संग छलफल गरि समस्या समाधानतर्फ लाग्ने बताउनुभएको थियो ।
समस्या बारे जानाकरी पाएपछि अध्यक्ष तथा अन्य पदाधिकारीहरुको पहलमा निर्माण पक्षसंग छलफल गरि छिटो भन्दा छिटो कार्य सम्पन्न गर्ने सहमति भएको छ ।
उता निर्माण पक्षले कुनै अबरोध सृजना नभए आगामी पौष १५ सम्ममा सडक कालोपत्रे गरिसक्ने जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित