संवेदनशील मतदानस्थलमा निर्वाचन आयोगले हेलिकप्टरबाट पनि अनुगमन गर्ने

Picture of हरियो पाटी

हरियो पाटी

518
SHARES
710
VIEWS

काठमाडौं– निर्वाचन आयोगले सुरक्षा संवेदनशीलता हेरेर केही मतदान स्थलको हेलिकप्टरबाट पनि अनुगमन गर्ने जनाएको छ । बिहीबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले त्यस्ता सम्भावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएको समेत बताएका छन् ।

यसअघिका चुनावमा बुथ क्याप्चर गरेका मतदानस्थल र संवेदनशील मतदान स्थलको विश्लेषण गर्दा विशेष सूचीमा राखेको र हेलिकप्टरबाट समेत अनुगमन गर्ने उनले बताए । यस्तै नेपालको सीमा क्षेत्र क्षेत्र ७२ घण्टादेखि बन्द गर्ने र यसका लागि सम्बन्धित पक्षसँग छलफल गरेर कार्यान्वयन हुन लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित