सिरहासहित १७ स्थानमा विश्व बन्धुत्व दिवसको अवसरमा रक्तदान कार्यक्रम

Picture of हरियो पाटी

हरियो पाटी

512
SHARES
702
VIEWS

सिरहा, ४ भदौ। विश्व बन्धुत्व दिवसको अवसरमा ब्रह्माकुमारीज राजयोग सेवा केन्द्रको आयोजनामा सिरहासहित देशभर विभिन्न स्थानमा रक्तदान कार्यक्रम हुने भएको छ।जनकपुर सेवा आश्रमअन्तर्गत सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र उदयपुरका १७ स्थानमा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको आयोजक ब्रह्माकुमारी राजयोग सेवा केन्द्र जनकपुरकी प्रमुख सृजना दिदीले जानकारी दिइन्।

सिरहा जिल्लामा भने भदौ ५ गते शुक्रबार सिरहा सदरमुकामस्थित ओम शान्ति भवन, भदौ ६ गते शनिबार कर्जन्हाको बन्दीपुर, भदौ ७ गते आइतबार गोलबजार उद्योग वाणिज्य संघको भवन, भदौ ८ गते सोमबार सगरमाथा चौधरी आँखा अस्पताल लहान र भदौ ९ गते मंगलबार लहानस्थित ओम शान्ति भवन (पुरानो विद्युत् कार्यालयनजिक) मा रक्तदान कार्यक्रम आयोजना हुने ब्रह्मकुमार प्रविण भाइजीले जानकारी दिए।

आयोजकका अनुसार रक्तदान स्वेच्छिक र मानवीय सेवाको महत्वपूर्ण कार्य भएकाले इच्छुक व्यक्तिहरूलाई आफूलाई पायक पर्ने स्थानमा पुगेर रक्तदान गर्न आग्रह गरिएको छ।
“रक्तदान भनेको स्वेच्छाले गर्ने मानवीय सेवा हो। सबैले सहज रूपमा रक्तदान गर्न पाऊन् भन्ने उद्देश्यले विभिन्न स्थानमा रक्तदान स्थल तोकिएको हो,” सृजना दिदीले भनिन्, “इच्छुक महानुभावहरूले आफूलाई पायक पर्ने स्थानमा पुगेर रक्तदान कार्यक्रममा सहभागी हुन आग्रह गर्दछु।”

उनले एक व्यक्तिले दान गरेको रगतले विभिन्न बिरामीको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले रक्तदानलाई महादानका रूपमा लिनुपर्ने बताइन्। ब्रह्माकुमारीजले शान्तिका लागि ज्ञान, योग तथा ध्यानसँगै रक्तदानमार्फत मानव सेवामा समर्पित हुँदै आएको उनको भनाइ छ।

आयोजकले विश्व बन्धुत्व दिवसलाई मानवता, आपसी सद्भाव र सेवाको भावनासँग जोड्दै सबै उमेर तथा क्षेत्रका योग्य इच्छुक व्यक्तिलाई रक्तदानमा सहभागी हुन आह्वान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित