जनकपुरधाम । प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनमा आफ्ना भूमिका निर्वाह गरिदिन निर्वाचन आयोगले सञ्चार माध्यमलाई आग्रह गरेको छ ।
आज शुक्रबार जनकपुरधाममा आयोजित प्रदेश स्तरीय मिडिया अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका आयुक्त सगुन शमशेर जबराले यस्ताे बताउनुभएकाे हाे । उहाँले भय रहित, स्वच्छ तथा निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउन सञ्चार माध्यमले आचारसंहिता पालना गर्दै आफ्ना भूमिका निर्वाह गर्न अनुरोध गर्नुभएको छ ।
साेही कार्यक्रममा निर्वाचन कार्यालय धनुषाका निर्वाचन मुख्य अधिकृत ब्रजेश प्याकुरेलले सञ्चार माध्यम र पत्रकारहरुले गलत सूचना प्रवाह गरेमा जनताकाबीच नाकारात्मक सन्देश जाने भएकाले सकारात्मक रुपमा समाचार संकलन गर्न आग्रह गर्नुभयाे ।
अभिमुखिकरणमा सहभागी विभिन्न सञ्चार माध्यमका पत्रकारहरुले उम्मेदवारहरुबाट बालबालिकाको प्रयोग, विदेशी गाडीको प्रयोगसहितका व्यापक रुपमा आचारसंहिता उल्लंघन भइरहे पनि आयोगले केहीलाई स्पष्टिकरण बाहेक अरु कुनै कारबाही प्रक्रिया अघि नबढाएको आरोप समेत लगाएका थिए।
Discussion about this post