लहानबाट अनिश्चितकालीन कर्फ्यु हटाइयो

Picture of हरियो पाटी

हरियो पाटी

517
SHARES
708
VIEWS

सिरहा– सिरहा जिल्ला प्रशासन कार्यालय सिरहाले लहान नगरपालिका क्षेत्रमा लगाइएको अनिश्चितकालीन कर्फ्यु हटाएको छ भने गोलबजार क्षेत्रमा भने कर्फ्यु आदेश यथावत् राखिएको जनाएको छ।

सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम लहान नगरपालिका क्षेत्रभित्र लागू गरिएको कर्फ्यु २०८३ साउन १६ गते बिहान १०:०० बजेदेखि हटाइएको हो।

प्रमुख जिल्ला अधिकारी पौडेलले लहान क्षेत्रमा सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्षपछि कर्फ्यु हटाउने निर्णय गरिएको जानकारी दिए। यद्यपि, गोलबजार क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कर्फ्यु आदेश भने हाललाई यथावत् कायम राखिएको उनले बताए।

जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई शान्ति, सामाजिक सद्भाव र कानुनको पालना गर्न आग्रह गर्दै कुनै पनि अफवाहमा विश्वास नगर्न तथा सुरक्षा निकायसँग आवश्यक सहयोग गर्न अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित