सिरहा सिरहाकाे गोलबजारमा प्रहरिको गोलिलागी मृत्युु भएकको घटनाका मृतक गणेश यादवको परिवार र गृहमन्त्रीबीच ७ बुँदे सहमति भएको छ।साउन १५ गते मधेराती गृहमन्त्री सुधन गुरुङ र मृतकका अभिभावक रामवृक्ष यादवबीच सहमति पत्रमा हस्ताक्षर भएको हो।
सहमति अनुसार मृतक गणेश यादवलाई नेपाल सरकारबाट सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाइनेछ भने उनको परिवारलाई सरकारको तर्फबाट रु. १० लाख राहत उपलब्ध गराइनेछ।
साथै, गोलबजार क्षेत्रमा भएको सो घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया तत्काल अघि बढाउन गृह मन्त्रालय प्रतिबद्ध भएको छ।
यसैगरी, गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरू यथाशीघ्र कार्यान्वयन गरिने र मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइने सहमति पत्रमा उल्लेख छ।
स्थानीय सरकारको समन्वयमा औरहीमा मृतकको सम्झनामा स्मृति पार्क तथा शालिक निर्माणका लागि आवश्यक पहल गरिनेछ।
सहमति पश्चात् साउन १६ गते आज बिहान १०:०० बजे मृतकको अन्तिम संस्कार गर्ने तय भएको छ। साथै, मृतकको आमा र पत्नीको निःशुल्क शिक्षा तथा परिवारको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाउन गृह मन्त्रालय सहमत भएको छ।
















Discussion about this post