भरतपुर- चितवन क्षेत्र नं. ३ का स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले सबैको सल्लाहमा उमेदवारी दिएको बताए । कसैले पनि उमेदवारी फिर्ता लिनुस वा दिनुस भन्दैमा आफुले उमेदवारी फिर्ता नदिने बताएका छन् ।
गत स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट विद्रोह गरेका ‘भुइँकटहर’ समूहले पनि यस क्षेत्रमा उमेदवारी हालेको हाे । भरतपुर महानगरको मेयरमा उठेका जगन्नाथ पौडेलको समूहलाई ‘भुइँकटहर’ समूह भनेर चिनिनछ । उनै जगन्नाथ पौडेल अहिले पनि चितवन ३ बाट प्रतिनिधि सभामा उठेका हुन् । उनलाइ स्थानिय तहमा मेयर पदमा चुनाब लड्न साथ दिएका सहपाठी भने साथ छाडेर अरूकाे समर्थनमा लागेका छन् ।
निर्वाचनको मिति नजिकिदै गर्दा आफ्नो प्रचारप्रसारलाई व्यापक बनाउन सुरू गरेका पौडेलले आज गीतानगरमा पत्रकार सम्मेलन गर्दै चुनावी अभियान सुरु भएको जनाएका छन् । पत्रकार सम्मेलनमा बोल्दै जगन्नाथ पौडेलले इमानदार र निष्ठाको राजनीति गरेर आएको बताउदै स्थानीय तहमा पाएको जनमतबाट उत्साहित भएको बताए ।
चितवन क्षेत्र नं.३ मा आफू योग्य उमेदवार रहेको र चितवन क्षेत्र नम्बर ३ का जनता आफ्नो साथमा रहेको बताए । उनले चितवन ३ मा बिकासका लागी मंसिर ४ गते सुर्यमुखी फूल चुनाब चिन्हमा मतदान गरेर साथ दिन अनुरोध गरे । यस क्षेत्रबाट २० जना उम्मेदवारहरू मैदानमा छन् । चितवन क्षेत्र नम्बर ३ मा भरतपुर महानगरपालिकाका १९ वडा र माडी नगरपालिका पर्छन्। यहाँ १ लाख ४४ हजार २८३ मतदाता रहेका छन् ।
Discussion about this post