योजना कार्यान्वयन प्रभावकारी बनाउन गोलबजार नगरपालिकाद्वारा तीन दिने तालिम सम्पन्न

Picture of हरियो पाटी

हरियो पाटी

514
SHARES
704
VIEWS

गोलबजार (सिरहा), २८ असार। गोलबजार नगरपालिकाले योजना सञ्चालन प्रक्रियालाई थप प्रभावकारी, पारदर्शी, कानुनसम्मत तथा गुणस्तरीय बनाउन आयोजना गरेको प्राविधिक कर्मचारी र वडा सचिवहरूको तीन दिने क्षमता अभिवृद्धि तालिम आइतबार सम्पन्न भएको छ।

गोलबजार नगरपालिका–६ स्थित कुशवाहा अतिथि सदनमा आयोजित तालिमको समापन कार्यक्रममा नगर प्रमुख श्यामकुमार श्रेष्ठले विकास निर्माणका योजनाहरूको सफल कार्यान्वयनमा प्राविधिक कर्मचारी र वडा सचिवहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले कर्मचारीहरूप्रति आफूलाई गर्व लागेको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतारेर नगरवासीलाई गुणस्तरीय तथा प्रभावकारी सेवा प्रदान गर्न आग्रह गर्नुभयो।

नगरपालिकाका राजस्व शाखा प्रमुख रामबृक्ष महतोका अनुसार तालिममा करिब ३५ जना प्राविधिक कर्मचारी तथा वडा सचिवहरूको सहभागिता रहेको थियो। तालिममा योजना सञ्चालन प्रक्रिया, सार्वजनिक खरिद ऐन तथा नियमावली, लागत अनुमान, सम्झौता व्यवस्थापन, अनुगमन तथा मूल्याङ्कन, भुक्तानी प्रक्रिया, अभिलेख व्यवस्थापन र प्रचलित कानुनी व्यवस्थासम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको उहाँले जानकारी दिनुभयो।

नगरपालिकाका अनुसार तालिमका प्रशिक्षकहरू स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरबाट आएका अनुभवी प्रशिक्षकहरू थिए। तालिमबाट सहभागीहरूको कार्यक्षमता अभिवृद्धि भई विकास निर्माणका योजनाहरूलाई पारदर्शी, उत्तरदायी र समयमै सम्पन्न गर्न थप सहयोग पुग्ने विश्वास नगरपालिकाले लिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित